मावि हरीपौरीलाइ डस्टविन सहयोग
तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ निवासी युवराज केसीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा सहयोग गरेका छन् । सोही वडाको पशुपति मावि हरीपौरीमा डस्टविन सहयोग गरेका हुन् । सोही विद्यालयका कक्षा कोठामा डस्टविन नहुँदा जहाँपायो त्यही फोहर फाल्ने गरेको भन्दै त्यसलाई उचित ब्यबस्थापन गर्न सहयोग गरिएको उनले बताए ।
१७ वटा डस्टविन सहयोग गरिएको उनले बताए । साथै सोही दिन देखि सुरु गरिएको जन्मदिनमा सहयोग संकलन कार्यक्रम अन्तर्गत सुरु गरिएको अभियानमा समेत पाँच सय रुपैँया सहयोग गरेका थिए । मंगलबार परेको जन्मदिनका अवसरमा उनले यस्तो सहयोग गरेका हुन् । साथै उनले विगतमा पनि विद्यालयलाई सहयोग गर्दै आएका थिए । जन्मदिनमा अनाबश्यक फजुल खर्च गर्नु भन्दा यस्ता कार्यले समाजलाई सकारात्मक सन्देश दिने भन्दै सबैले यस्तो कार्य गर्नुपर्ने बताए ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुसीराम चौधरीले जन्मदिनमा यसरी नै सामाजिक कार्य गर्नुपर्ने बताए । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारी, प्रधानाध्यापक राधा चौधरि, माओवादी केन्द्रका वडा इन्चार्ज गोपाल खड्कालगायतको सहभागिता रहेको थियो । केसी माओवादी केन्द्रका नेता समेत हुन् ।
तपाईंको प्रतिक्रिया