गठबन्धन नगरी एक्लै चुनाव लडेर गल्ती सच्याउन चाहन्छौँ : प्रचण्ड
काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले विगतमा कांग्रेस, एमालेजस्ता दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताए ।
माओवादी घटकहरूको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने उनले बताए। उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौँ युवाहरुलाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने उनले बताए। आफू उमेरले ७० वर्ष भए पनि अझै एउटा क्रान्तिको नेतृत्व गर्ने चाहना रहेको उनले बताए ।




तपाईंको प्रतिक्रिया