उद्योगपती बस्नेतद्धारा विद्यालयमा १ लाखको अक्षयकोषको घोषणा

 कार्तिक २१, २०८१

तुलसीपुर । तुलसीपुरका उद्योगपती डिल्ली बहादुर बस्नेतले विद्यालयमा १ लाखको अक्षयकोषको घोषणा गरेका छन । उपमहानगरको वडा नम्बर ११ स्थित अमर माध्यमिक विद्यालय उरहरीमा बस्नेतले विपन्न तथा जेहेन्दार विद्यार्थीको लागि उक्त अक्षयकोषको घोषणा गरेका हुन । बस्नेतले बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा थप प्रोत्साहनको लागि अक्षयकोष घोषणा गरेको बताएका छन ।

यसैविच विद्यालयमा १ लाख रुपैयाको अक्षयकोष स्थापना हुन लागेकोमा विद्यालयले धन्यवाद ब्यक्त गरेको छ । विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले विभिन्न सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आएका उद्योगपती बस्नेत प्रति हार्दिक आभार तथा कृतज्ञता ब्यक्त गरेका छन । साथै अक्षयकोष स्थापना गर्न भुमिका खेल्ने वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावतलाई समेत धन्यवाद ब्यक्त गरेका छन ।

तपाईंको प्रतिक्रिया