प्राविधिक शिक्षा स्वरोजगार बनाउने माध्यम हो: नगर प्रमुख

 मङि्सर ०७, २०८१

तुलसीपुर । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालयले प्राविधिक धार तर्फ पशु विज्ञान कार्यक्रम अन्र्तग प्रथम सेमेष्टरका विद्यार्थीको स्वागत तथा छैटौं सेमेष्टरका विद्यार्थीको विदाई कार्यक्रम सम्पन्न गरेको छ । पाँचौ सेमेष्टरमा अध्ययनरत विद्याथी कमल भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले सिपयुक्त शिक्षाको आवस्यकता रहेको हुदा यसलाई गुणस्तरीय बनाउनुपर्ने बताएका थिए । प्राविधिक शिक्षा स्वरोजगार बनाउने माध्यम रहेको हुदा देशमा नै रोजगार गर्न सक्ने गरि दक्ष जनशक्ति उत्पादन गर्न तर्फ प्राविधिक धारका शिक्षालयले ध्यान दिनुपर्ने उनले बताएका थिए । साथै उपमहानगरले प्राविधिक पढ्न चाहने निम्न बर्गका विद्यार्थीलाई छात्रबृक्ति प्रदान गर्दै आएको समेत नगर प्रमुख खड्काले बताएका थिए ।

यस्तै विद्यालयका पुर्व प्रधानाध्यापक पदम प्रसाद न्यौपानेले युवापुस्ता विदेश जानबाट रोक्दै धेरैलाई रोजगार र व्यवसाय गर्न प्रेरणा दिन प्राविधिक शिक्षाले महत्व राख्ने बताएका थिए ।

विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीको विषय प्रबेशबाट सुरु भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेत,विद्यार्थीहरु मधु दाहाल,विन्दु थापा,टिका वली,शिशिर आचार्य लगायतले बोलेका थिए । कार्यक्रममा प्रथम सेमेष्टरका विद्यार्थीलाई स्वागत गरिएको थियो भने छैटौ सेमेष्टरका पढाई सकेका विद्यार्थीलाई मायाको चिनो दिदै विदाई गरिएको थियो ।

त्यस अवसरमा विद्यालयमा सेमेष्टर स्तरीय खेलकुद प्रतियोगितामा विजयी भएकाहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
विद्यार्थी पुजा विश्वकर्माको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण विद्यार्थी मेघराज केसीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया