अमर उद्यमी क्लवको नँया कार्यसमिति चयन

 मङि्सर १०, २०८१

तुलसीपुर  । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्थित अमर माध्यमिक विद्यालयमा गठित अमर उद्यमी क्लवको अध्यक्षमा मेघराज केसी चयन भएका छन । पढदै कमाउदै कार्यक्रम अन्र्तगत विद्यालयमा गठन भएको क्लवको नँया कार्यसमिति चयन भएको हो । विद्यालयमा भएको एक भेलाले १६ सदस्यीय नँया कार्यसमिति चयन गरेको हो ।

जस्को उपाध्यक्षमा गायत्री पौडेल,महेश केसी, सचिवमा कमल भण्डारी,सह सचविमा हिमा बुढाथोकी,कोषाध्यक्षमा पुर्णिमा शर्मा रहेका छन । यस्तै सदस्यहरुमा सुरेन्द्र गिरी,तिलक बोहारा,बालिका भण्डारी लगायतका रहेका छन । अमर उद्यमी क्लवबाट उनिहरुले विभिन्न कृषि फर्म सञ्चालन गरि बचत रकमको ५० प्रतिशत क्लवको खातामा राख्ने गर्दछन भने ५० प्रतिशत रकम विद्यार्थीले लैजाने गरेको विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले जानकारी दिए ।

यस अघि विद्यार्थीैले फुलखेती,कुखुरापालनबाट राम्रो आम्दानी गरेको उनले बताए । पढाई सगैं कृषि फर्मबाट विद्यार्थीले सिप सिक्ने र आम्दानी पनि गर्न सक्ने हुदा यसले विद्यार्थी उत्साहीत भएको प्रधानाध्यापक वलीले बताए थिए । यसैविच,उद्यमी क्लवको आज बसेको पहिलो बैठकले च्याउ खेती र कुखुरापालन गर्ने निर्णय गरेको छ । क्लवको प्रत्येक बर्ष नँया कार्यसमिति चयन हुने गर्दछ ।

तपाईंको प्रतिक्रिया