अमर माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

 मङि्सर १४, २०८१

तुलसीपुर । तुलसीपुर -११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीले कक्षा ११ विद्यार्थीलाई स्वागत गरेको छ । कक्षा १२ का विद्यार्थी जयदेव मल्लको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्नेतले विद्यार्थीले मेहनत गर्न सके लक्ष्य सफलता हासिल गर्न सकिने बताएका थिए ।

कार्यक्रममा कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीलाई टिका र फुलमालाले स्वागत गरिएको थियो । कक्षा १२ विद्यार्थी केशव रेउलेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माध्यमिक कोर्डिनेटर यज्ञ बहादुर अधिकारी,आधारभुत कोर्डिनेटर निर्मल कुमार वली, कक्षा ११ का विद्यार्थी निकिता विक लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका । तुलसीपुर स्थित ड्रीम ब्यान्क्वेटमा भएको कार्यक्रममा विद्यार्थीले सास्कृतीक प्रस्तुती राखेका थिए । कार्यक्रमको सहजिकरण विद्यार्थी पुजा विश्वकर्माले गरेकि थिईन ।

तपाईंको प्रतिक्रिया