शिक्षक संगठन क्षेत्र नम्बर ३ को अध्यक्षमा वली
तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङ संघिय निर्वाचन क्षेत्र नम्बर ३ को अध्यक्षमा निर्मल कुमार वली निर्वाचित भएका छन । दंगीशरणको श्रीगाउँमा भएको अधिबेशनले वलीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो । अमर माध्यमिक विद्यालय उरहरीको निमावि शिक्षक रहेका वली संग संगठनको जिल्ला सदस्य हुदै नगरको सचिव भएर काम गरेको अनुभव छ ।
यस्तै उपाध्यक्षमा ओपन्द्र खड्का, महिला उपाध्यक्षमा हुकुमा भन्डारी, सचिवमा लाल बहादुर कुँवर, कोषाध्यक्षमा बालकृष्ण केसी,सह सचिवमा निरन्जना पान्डे,सह कोषाध्यक्षमा जानकी बुढाथोकी चयन भएका छन । यस्तै सदस्यहरुमा रमेश कुमार कुंवर,जिबा भुसाल, सुवर्ण गिरी, गणेश कुमार बस्नेत, नारायण प्रसाद रेग्मी,खम्बू बहादुर रावल, दिपेन्द्र वली,कष्ण खड्का, नारायण प्रसाद घिमिरे रहेका छन ।
दाङ जिल्ला उपाध्यक्ष तथा क्षेत्र नम्बर ३ तदर्थ समितिका संयोजक जित बहादुर केसीको अध्यक्षता तथा तुलसीपुर नगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन भएको थियो ।
सो अवसरमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्यद्वोय कोमल ओली र घनश्याम पाण्डे, प्रदेश कमिटी सदस्य हुकुम बस्नेत,नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेस कमिटी अध्यक्ष भागवत पौडेल, केन्द्रीय कमिटी सदस्य प्रेम वली, नेकपा एमाले दाङ जिल्ला कमिटीका उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव श्याम डाँगी, नेकपा एमाले दाङ जिल्ला सदस्य तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष मान बहादुर रावत,नेपाल राष्ट्रिय शिक्षक संगठन दाङ जिल्ला अध्यक्ष मिनराज शर्मा, निवर्तमान अध्यक्ष तथा केन्द्रीय पार्षद दामोदर बस्नेत,उपाध्यक्ष सुष्मा भन्डारी, सचिव धनिराम केसी, कोषाध्यक्ष चुन प्रसाद खत्री लगायतको उपस्थिति रहेको थियो ।
तपाईंको प्रतिक्रिया