रुन्टीगढी –४ मा कांग्रेसका भुपमणी निर्वाचित

 मङि्सर १६, २०८१

दाङ । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका भुपमणी पुन मगर वडाध्यक्षमा निर्वाचित भएका छन् ।

उनले ६४३ मत ल्याएर जित्दा एमालेका बेगम पुनले ५३५ मत ल्याए । माओवादीका नरेशजंग सिंहले ७० र राप्रपाका पहलबहादुर वलीले १० मत ल्याएका छन् ।

यो वडामा ०७९ को चुनावमा पनि कांग्रेसले नै जितेको थियो ।

तपाईंको प्रतिक्रिया