एमाले तुलसीपुर – ७ को अध्यक्षमा विश्वकर्मा
तुलसीपुर । नेकपा एमाले तुलसीपुर ७ नम्बर वडा कमिटीको अध्यक्षमा खेमराज विश्वकर्मा चयन भएका छन । वडाको दोस्रो अधिबेशनबाट सर्वसम्मत रुपमा विश्वकर्माको अध्यक्षतामा कमिटि चयन भएको हो । कमिटिको उपाध्यक्षमा कृष्ण प्रसाद पोखरेल,सचिवमा दिलमाया विक,उपसचिवमा देवराज भण्डारी,छमा भण्डारी चयन भएका छन ।
सदस्यहरुमा पदम बहादुर खड्का, हरी बहादुर पोख्रेल लगायतका रहेका छन । प्रदेश सहसचिब बिनोद शर्मा, पुर्ण बहादुर घर्ती, जिल्ला सदस्य युवा करारा , माधब वली बसन्ता सापकोटा मेघराज भुषाल, रुप वहादुर खत्री मान वहादुर केसी,
खगेश्वर पराजुलीको अध्यक्षता तथा एमाले केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा केन्द्रीय सदस्य घनश्याम पाण्डे, प्रदेश सहसचिब बिनोद शर्मा, पुर्ण बहादुर घर्ती, जिल्ला सदस्यहरु युवा करारा , माधब वली, बसन्ता सापकोटा, मेघराज भुषाल, नगर अध्यक्ष रुप वहादुर खत्री लगायतले बोलेका थिए । त्यस अवसरमा बोल्ने बक्ताहरुले एमालेले गरेका कामहरुको प्रचार गरि एमालेलाई बलियो बनाउन तर्फ लाग्न नवगठित कमिटिलाई आग्रह गरेका थिए ।
तपाईंको प्रतिक्रिया