श्रीमणी आचार्यको १७औ स्मृति दिवस मनाईदै
तुलसीपुर । दंगाली कम्युनिष्ट आन्दोलनका योद्धा श्रीमणी आचार्यको १७औ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमको तयारी थालिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ कमिटिको आयोजनामा पौष २ गते भलिवल प्रतियोगिताको आयोजना गरिएको छ । शिक्षक संगठन, विद्यार्थी संगठन तथा नेताहरुका विचमा प्रतियोगिताको आयोजना गरिएको एमालेका जिल्ला सदस्य समेत रहेका वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिए ।
उपमहानगरपालिका वडा नम्बर ११ मालेडाडा स्थित श्रीमणी पार्कमा हुने उक्त कार्यक्रमको तयारी तिब्र रुपमा थालिएको रावतले जानकारी दिए । दिवसका अवसरमा पौष ३ गते निशुल्क आखा तथा प्रजनन स्वास्थ्य शिविर र सम्मान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा पुर्ब जनप्रतिनिधिहरु, आचार्यका सहकर्मी तथा निकटस्थ ब्यक्तिहरुलाइ सम्मान गर्ने कार्यक्रम समेत तय भएको छ ।
साविक उरहरी ५ हसनापुरका निवासी आचार्यको विजौरी गोलिकाण्डमा गोलि लागेर घाइते भई २०६४ पुष ३ गते निधन भएको थियो ।
यसैविच सोहि दिन एमाले वडा नम्बर ११ को अधिबेशन समेत हुने वडा कमिटिले जनाएको छ ।




तपाईंको प्रतिक्रिया