एमाले तुलसीपुर ५ को वडा अधिवेशन

 पुष ०१, २०८१

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले ) तुलसीपुर उपमहानगरपालिका ५ नम्बर वडा कमिटिको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष पदम पोखरेल (जेठुकान्छु) को अध्यक्षता तथा केन्द्रिय सदस्य कोमल ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसी, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी उपसचिव पुर्ण बुढा ,एमाले नेता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का ,प्रदेश कमिटी सचिवालय सदस्य रामजी चौधरी , हुकुम बस्नेत ,बिनोद शर्मा ,टोप बहादुर घर्ती ,सिमा न्यौपाने, पदम नेपाली ,प्रदेश सभा सदस्य रेखा शर्मा , जिल्ला कमिटीका उपाध्यक्ष मनोहर बुढाथोकी ,,क्षेत्रीय कमिटी संयोजक मेघराज भुसाल,नगर कमिटीका अध्यक्ष रुप बहादुर खत्री लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले एमालेलाई बलियो शक्ति बनाउन तर्फ नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताएका थिए । यसैविच वडा कमिटिको दोस्रो वडा अधिबेशनबाट २३ सदस्यीय कमिटि चयन भएको छ । अधिबेसनबाट सर्बसम्मत रुपमा अध्यक्षमा मीन प्रसाद भट्ट९प्रकाश०, उपाध्यक्षमा मनोज बस्नेत, सचिबमा युबराज नेपाली , उपसचिवमा चक्र प्रकाश नेपाली र पार्बता ओली निर्बाचित भएका छन ।

तपाईंको प्रतिक्रिया