अनेरास्ववियु जनता विद्यापीठ कमिटिको अध्यक्षमा चौधरी

 पुष ०२, २०८१

तुलसीपुर । जनता विद्यापीठ बिजौरी दाङमा अनेरास्ववियुले २३औ अधिवेशन गरेको छ । अधिबेशनले सम्झना चौधरीको अध्यक्षतामा कमिटी चयन गरेको छ । जस्को उपाध्यक्षमा रञ्जना वली, सचिवमा भेषराज अधिकारी, कोषाध्यक्षमा गणेश पाण्डे चयन भएका छन ।

क्याम्पस कमिटिका सचिव मुकेस अधिकारीको अध्यक्षता तथा केन्द्रिय सदस्य सर्जन परियारको प्रमुख आतिथ्यमा अधिबेसन उद्घाटन भएको थियो । त्यस अवसरमा बोल्दै प्रमुख अतिथि परियारले विद्यार्थीको हक हितको सवालमा अनेरास्ववियुले अग्रणी भुमिका खेल्दै आएको बताएका थिए ।

उनले शैक्षिक क्षेत्रमा हुने विकृती विरुद्ध विद्यार्थी एक ठाउमा उभिनुपर्ने समेत बताएका थिए । त्यस अवसरमा अनेरास्ववियुका नेताहरु गोबिन्द बस्नेत,गणेश खड्का लगायतको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया