एमाले तुलसीपुर -११ को अध्यक्षमा बस्नेत
तुलसीपुर । नेकपा एमाले तुलसीपुर ११ नम्बर वडा कमिटिको अध्यक्षमा होताराम बस्नेत चयन भएका छन । आज भएको वडाअधिबेशनको बन्द सत्रले बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय कमिटि चयन गरेको हो । कमिटिको उपाध्यक्षमा छोटीलाल चौधरी,सचिवमा सोमीलाल चौधरी,उपसचिवमा रेशम सापकोटा र प्रभा परियार रहेका छन । यस्तै सदस्यहरुमा सीता चौधरी,थुम बहादुर परियार,टोप बहादुर बस्नेत,झरना चौधरी लगायतका रहेका छन ।
वडा कमिटीका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता तथा एमाले केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आतिथ्यमा अधिबेशनको उद्घाटन भएको थियो । त्यस अवसरमा एमालेका जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी,निवर्तमान अध्यक्ष हुकुम बस्नेत,सचिवालय सदस्य मान बहादुर रावत,नगर अध्यक्ष रुप बहादुर खत्री लगायतले बोलेका थिए ।




तपाईंको प्रतिक्रिया