एमाले तुलसीपुर ९ नम्बर वडाको अधिबेशन
तुलसीपुर । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ को दोस्रो वडा अधिबेशन थर्कुडाँडामा सम्पन्न भएको छ । कावा अध्यक्ष शालिकराम न्यौपानेको अध्यक्षता तथा केन्द्रीय सदस्य घनश्याम पाण्डेको प्रमुख आतिथ्य एवं राष्टिय परिषद सदस्य कृष्ण भुषालको विशिष्ठ आतिथ्यमा अधिबेशनको उद्घाटन भएको थियो । अधिबेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पाण्डेले एमालेको नेतृत्वबाट नै मुलुक समृद्धीको दिशामा अघि बढ्ने बताएका थिए । गाँउ समाजमा हुने हरेक विकास निर्माणमा एमालेले भुमिका खेलेको बताउदै जनताको भविष्य सुनिश्चित गर्न एमालेलाई थप बलियो बनाउनुपर्ने बताएका थिए । यसका लागि सबै नेता कार्यकर्ता संगठन निर्माणमा जुट्नुपर्ने बताएका थिए ।
कार्यक्रमका विशिष्ठ अतिथि राष्टिय परिषद् सदस्य कृष्ण भुषालले नेपाली जनताले रुचाएको पार्टी नेकपा एमाले भएकोले कसैको डर धम्कीमा नलागि गर्वका साथ अघि बढ्नु बताएका थिए । वडा इन्चार्ज तुलसा पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला सचिव श्याम डाँगी,पुर्व अध्यक्ष हुकुम बस्नेत, लुम्बिनी प्रदेश सदस्य रेखा शर्मा,एमाले प्रचार विभाग प्रमुख संगीत बस्याल, तुलसीपुर नगर अध्यक्ष रुप बहादुर खत्री लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव तुल बहादुर विकले गरेका थिए । यसैविच नेतृत्व चयनको लागि अहिले बन्द जारी रहेको प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए ।
साथै वडा अधिबेशनको अवसरमा निशुल्क रुपमा श्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । युवा देखि बृद्धबृद्धाहरुले समेत अाँखाको जाच, आफ्नो श्वास्थ्य जाच गराउनुका साथै परामर्श लिएका थिए । त्यहा ३ सय बढिले श्वास्थ्य सेवा लिएका थिए ।





तपाईंको प्रतिक्रिया