रवि लामिछाने सांसद पदबाट निलम्बित

 पुष ०८, २०८१

काठमाडौँ  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्। संघीय संसद् सचिवालयले उनी निलम्बित भएको जानकारी गराएको छ । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना निकालेर जनाएका छन् ।

सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरणलगायत कसुरमा मुद्दा परेपछि सचिवालयले आज उनी निलम्बनमा परेको सूचना निकालेको हो । रास्वपाले आजै उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको थियो ।

तपाईंको प्रतिक्रिया