पत्रकारीतालाई बलियो बनाउन आवस्यक: महासचिव पोखरेल

 पुष १५, २०८१

तुलसीपुर । नेकपा (एमाले) का महासचिव शंकर पाखरेलले संस्थागत पत्रकारीता कमजोर हुँदा सामाजिक सञ्जाललाई पत्रकारीता मान्ने जमात बढ्न थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । नेकपा (एमाले) दाङ प्रचार तथा प्रसार विभागले आयोजना गरेको नेपाल पत्रकार महासंघमा निर्वाचित कार्यसमितिलाई सम्मान तथा साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले तथ्यहिन, भ्रामक र नियोजित चिज बढी खोजिन थालेकोमा पत्रकारीतालाई बलियो बनाउनेगरी नयाँ बहस थाल्न आवस्यक रहेको बताएका थिए ।

दाङको विकास निर्माणले गति लिएको भन्दै महासचिव पोखरेलले आफ्नै स्रोतबाट फोरलेन सडक बिस्तार , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सबै हिसाबले उत्कृष्ट बनाउन थालिएको बताए । यसका साथै तुलसीपुरमा टरिगाउँ एयरपोर्टलाई बिस्तार, लमही–घोराही सडक निर्माणका लागि ठेक्का लागेको समेत बताएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारिता क्षेत्रमा उत्पन्न विकृति बिसङ्गतिलाई न्यूनीकरण गर्दै मर्यादित पत्रकारिताका लागि महासंघ लागिपर्ने बताए । प्रचार तथा प्रसार विभाग प्रमुख संगीत बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय, प्रदेश, जिल्लाका पदाधिकारी, कार्यसमिति, राष्ट्रिय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले प्रतिवद्धता व्यक्त गरेका थिए । प्रेस चौतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस चौतारी का जिल्ला सचिव किरण गौतमले गरेका थिए ।

 

तपाईंको प्रतिक्रिया