दलित समुदायको पेशालाई प्रविधिमैत्री बनाउन आवस्यक: महासचिव पोखरेल

 पुष २८, २०८१

तुलसीपुर । नेपाल उत्पिडित जातिय मुक्ती समाज दाङले दलित अधिकार तथा कार्यान्वयन विषयक अन्र्तक्रिया कार्यक्रम गरेको छ । समाजले आज घोराहीमा उक्त कार्यक्तम गरेको हो । मुक्ती समाज दाङका अध्यक्ष्र  शंकर नेपालीको अध्यक्षता तथा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले दलित समुदायको पेशालाई आधुनिक प्रविधि संग जोड्न सके आर्थिक रुपमा समृद्धी गर्न सबल बन्न सकिने बताएका थिए । शैक्षिक रुपमा दलित समुदाय अघि बढ्न सके विभेद हट्दै जाने महासचिव पोखरेलको भनाई थियो । दलित समुदायले आफना सन्ततीलाई शिक्षामा जोड दिनुपर्ने समेत बताएका थिए ।

यसैविच उक्त अन्तर्कृया कार्यक्रममा दाङको बङलाचुली गाउपालिकाबाट रास्ट्रीय जनमोर्चा परित्याग गरि सन्जय वलि र नेकपा माओबादी पार्टी परित्याग गरि भुप बहादुर खत्रीको नेतृत्वमा सुदिब चन्द,सन्जय बुढाथोकी ,प्रबिन योगि,दिनेश ओलि, निराजन साही सहित दर्जन बढि कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेका छन ।

उनिहरुलाई महासचिब पोख्रेलले टीका लगाएर एमालेमा स्वागत गरेका थिए । पार्टी कार्यालयमा भएको कार्यक्रममा उनिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा एमाले नेतृ सुजिता शाक्य , केन्द्रिय सदस्य भागवत बिस्वासी, लुम्बिनि प्रदेश कमिटीका सदस्य भेषबहादुर खत्री, नन्दु बिस्वकर्मा,कृष्ण बिस्वकर्मा लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सन्चालन सचिव उमलाल बिस्वकर्माले गरेका थिए ।

तपाईंको प्रतिक्रिया