विद्यालय कर्मचारी परीषद् लुम्बिनी प्रदेशको बैठक माघ ५ गते बस्ने

 पुष २९, २०८१

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद् लुम्बिनी प्रदेश कार्यसमितिको बैठक माघ ५ गतेका लागि तय गरिएको छ । बैठकले रिक्त सचिव पदमा मनोनयन,सदस्यता नविकरण,विश्व शिक्षक महासंघ EI सम्बन्धमा छलफल हुने प्रदेश अध्यक्ष गोविन्द जिसीले जानकारी दिए ।

दाङको लालमटियामा रहेको आदर्श माविमा विहान ११ बजे बस्ने बैठकमा प्रमुख अतिथीको रुपमा केन्द्रीय अध्यक्ष गंगाराम तिवारीलाई बोलाईएको छ । प्रदेश कार्यसमिति तथा जिल्ला अध्यक्षलाई बैठकमा अनिवार्य उपस्थितीको लागि अध्यक्ष जिसीले अनुरोध गरेका छन ।

तपाईंको प्रतिक्रिया