घोराहीमा मगर समुदायको खाम भाषाको पढाई सुरु गर्ने तयारी

 माघ ०५, २०८१

‎घोराही । दाङको घोराहीमा प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८१ शुरु भएको छ । ‎नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा शनिबारदेखि घोराहीस्थित झिंगौरामा सांस्कृतिक प्रदर्शनी शुरु भएको हो । नेपाल मगर संघ घोराहीका अध्यक्ष बेदबहादुर बुढामगरको अध्यक्षता एवं घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले थारु तथा मगर समुदायको कला संस्कृती विकास गर्न लागि परेको बताएका थिए । उनले जनजातीको कला, भेषभुषा, खानपिनलाई ब्यवसायीकरण गर्न सने आयआर्जन गर्न सकिनेमा समेत जोड दिएका थिए । उनले घोराहीमा थारु समुदायको पाठ्यपुस्तक लागु भएको जानकारी गराउदै मगर समुदायको खाम भाषा पठन पाठन आगामी शैक्षिक सत्र देखि सुरु हुने बताएका थिए ।

तपाईंको प्रतिक्रिया