विद्यालय कर्मचारी परीषद् लुम्बिनीको पुर्ण बैठक: सचिवमा चौधरी मनोनीत, ४ जिल्लाको भेला हुने

 माघ ०५, २०८१

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद् लुम्बिनी प्रदेश कार्यसमितिको पुर्ण बैठक आज दाङको देउखुरीमा सम्पन्न भएको छ । बैठकले बैठकले रिक्त सचिव पदमा दुधराज चौधरीलाई मनोनीत गरेको  प्रदेश अध्यक्ष गोविन्द जिसीले जानकारी दिए । यस अघि प्रेम बहादुर जिसी स्थायी शिक्षक भई गएपछि सचिव पद रिक्त रहेको थियो ।

यस्तै बैठकले बांके,प्युठान,अर्घाखाची र रुकुम पुर्वमा विषेश भेला गरि जिल्ला समिति पुर्नगठन गर्ने निर्णय गरेको छ । जस अनुसार बांकेमा माघ २६ गते,प्युठानमा फागुन ३ गते,अर्घाखाचीमा फागुन ७ गते र रुकुम पुर्वमा फागुन २४ गते भेला गर्नका लागि संयोजक तोकेको छ । जसका लागि बांकेमा मिनेश श्रेष्ठ,प्रमोद गौतम प्युठान,होम प्रसाद ढकाल अर्घाखाची र डम्बर बहादुर ओलीलाई रुकुम पुर्वको लागि संयोजक तोकेको छ । साथै सदस्यता नविकरण गरि विश्व शिक्षक महासंघ भ्क्ष् मा परिषद् आवद्ध भएकोले १५ गते भित्र सदस्य शुल्क जम्मा गरिसक्न जिल्लालाई निर्देशन दिईएको छ ।

प्रदेश अध्यक्ष गोविन्द जिसीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष गंगाराम तिवारीको प्रमुख आतिथ्यमा बैठक बसेको थियो । त्यस अवसरमा प्रमुख अतिथी तिवारीले कर्मचारीका समस्याका बारे निरन्तर लागि रहेकाले परीणाम आउन बाकि रहेको बताएका थिए । शिक्षा मन्त्री देखि लिएर अर्थ मन्त्रालयमा बजेट र विद्यालय शिक्षा विधेयक केन्द्रित छलफल निरन्तर रुपमा संवाद भैरहेको बताएका थिए ।

बैठकको सहजिकरण दाङका संगठन विभाग प्रमुख पुर्ण विकले गरेका थिए ।

 

तपाईंको प्रतिक्रिया