बिद्यालय कर्मचारी परीषद् बर्दियाको अध्यक्षमा चौधरी

 माघ १७, २०८१

तुलसीपुर । नेपाल बिद्यालय कर्मचारी परीषद् बर्दियाको ७औं अधिबेसन सम्पन्न भएको छ । अधिबेशनले सुदन कुमार चौधरीको अध्यक्षतामा नँया कार्यसमिति चयन गरेको छ । जस्को उपाध्यक्षमा माधव पौडेल,महिला उपाध्यक्षमा राज कुमारी थारु, सचिवमा प्रेमलाल बस्नेत,सहसचिवमा सुनिता विक,कोषाध्यक्षमा प्रतिमा चौधरी चयन भएका छ न सदस्यहरुमा रामप्यारी थारु,उमेश यादव लगायतका रहेका छन ।
अधिबेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथी लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द जिसीले कर्मचारीका मागहरु सम्बोधनका लागि परीषद् निरन्तर लागेको हुदा आशावादी रहन अनुरोध गरेका थिए । कर्मचारीहरु एकताका साथ अघि बढ्न सके मात्र परीषद् बलियो बन्ने र मागहरु सुनुवाईमा बल मिल्ने उनले बताएका थिए ।

तपाईंको प्रतिक्रिया