सरस्वती पुजाको अवसरमा सक्सेस एकाडेमीमा साँस्कृतीक कार्यक्रम

 माघ २१, २०८१

तुलसीपुर । तुलसीपुर । तुलसीपुर ९ मा रहेको सक्सेस एकाडेमीमा आज सरस्वती पूजा विशेष कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा सरस्वती देवीको पूजा अर्चनामा विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी र स्थानीय वासिन्दाहरू उत्साहपूर्वक सहभागी भएका थिए ।

विद्यालयका प्रिन्सीपल प्रदिप वलीको अध्यक्षतामा कार्यक्रममा भएको थियो । त्यस अवसरमा सक्सेस एकाडेमिले प्रत्येक बर्ष सञ्चालन गर्दै आएको अक्षारारम्भ कार्यक्रम समेत भएको थियो । जसमा प्ले ग्रुप ९ शिशु कक्षा ० मा निशुल्क भर्ना भएको मावि संयोजक विमल नेपालले बताएका छन । त्यस अवसरमा विशेष सांस्कृतिक कार्यक्रमहरूको समेत आयोजना गरिएको थियो ।

जसमा विद्यार्थीहरूले गीत, नृत्य,कविता र नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागिलाई प्रसाद ग्रहण गरेको शिक्षक राजेश वलीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया