माध्यमिक विद्यालय दोघरेले स्वर्ण महोत्सव मनायो
तुलसीपुर । तुलसीपुर ९ स्थित माध्यमिक विद्यालय दोघरेको ५०औ बार्षिकोत्सव तथा स्वर्ण महोत्सव सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरीको अभ्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यमा समारोह सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी चौधरीले सामुदायिक र संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोणमा समानता ल्याउनु पर्ने बताएका थिए । दुई थरिका विद्यालयका विचमा भएको असमानता जवसम्म निमूल पार्न आवस्यक रहेको बताएका थिए ।
सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथि राष्टिय सभाका पुर्व सांसद तथा नेकपा एमालेका केन्द्रिय सदस्य कोमल वलीले असल विद्यार्थी उत्पादन गर्न शिक्षक, विद्यार्थी, विद्यालय र अभिभावकको भुमिका हुने बताएका थिए । सहायक प्रधानाध्यापक घनश्याम आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलीपुर उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख चक्र बहादुर भण्डारी, ऐन प्याब्सन दाङका पूर्व अध्यक्ष मधेसुदन केसी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मुक्ति प्रसाद न्यौपाने, ओज बहादुर खड्का, त्रिसिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, बबइ गाउँपालिका शिक्षक महासंघका संयोजक मान बहादुर बस्नेत, मेघराज घिमिरे, तुलसीपुर, ८ का वडाअध्यक्ष धर्मराज वली, कक्षा ९ की छात्रा संगिता केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयको भौतिक तथा प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक सुनिता यादवले प्रस्तुत गरेकि थिइन । बार्षिकोत्सव समारोहमा विद्यार्थी, शिक्षकहरुले समेत विभिन्न प्रस्तुती राखेका थिए भने बार्षिकोत्सवका अवसरमा भएका प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण,विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका सुचना अधिकारी मेघराज पोख्रेलले गरेका थिए ।




तपाईंको प्रतिक्रिया