सगरमाथा स्कुलका विद्यार्थीले नि:शुल्क रुपमा दन्त सेवा लिए
तुलसीपुर । सगरमाथा बालबाटिका इङलिस स्कुल तुलसीपुर ९, बेलुवामा आज निःशुल्क दन्त सिबिर सम्पन्न भएको छ । तुलसीपुर ५ ञकु लाइनमा अवस्थित बिआर डेन्टल हस्पिटलको प्राबिधिक सहयोगमा विद्यालयमा प्रत्येक वर्ष झै यो वर्ष पनि १८औ वार्षिकोत्सबको अवसरमा उक्त शिविरको आयोजना गरेको विद्यालयले जनाएको छ।
डा.भुवनेश्वर भुसालको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुको लागि शिविर सम्पन्न भएको विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले जानकारी दिए । शिविरमा ४ सय बढि विद्यार्थीले सेवा लिएका थिए ।

विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले दाँतको स्वास्थ्यले मानव स्वास्थ्यका साथै सौन्दर्यता पनि जोडेको हुँदा बालबालिकाहरूलाई यस किसिमको कार्यक्रम विद्यालयमा आवस्यक भएको बताए । स्वस्थ दाँत भए मात्र स्वस्थ जीवन अनि स्वस्थ मुस्कान हुन्छ भन्दै सम्पूर्ण विद्यार्थीहरुलाई सफा दाँत राख्न प्रेरित गरेका थिए । साथै उक्त शिविरमा स्वास्थ्य सहयोगी सरु केसी, सिमा चौधरी, संगम केसी र हस्पिटल परिवार प्रति आभार प्रकट गरेका थिए ।




तपाईंको प्रतिक्रिया