मालेडाडामा बन्दैछ श्रीमणी पार्क, शिलान्यास पोखरेलले गर्ने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मालेडाडामा निर्माण हुन लागेको श्रीमणी पार्कको शिलान्यास हुने भएको छ । उक्त पार्कको शिलान्यास फागुन ५ गते लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्ने भएका छन ।
केन्द्र सरकारको १ करोड ५३ लाख बजेटबाट पार्क निर्माण हुन लागेको तुलसीपुर -११ का वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिएका छन । बाम आन्दोलनका योद्धा स्व.श्रीमणी आचार्यको त्यहा शालिक समेत निर्माण भएको छ ।
यसैविच विहान ८ बजे हुने उक्त कार्यक्रममा उपस्थितीको लागि निर्माण समितिले सबैमा अनुरोध समेत गरेको छ ।
तपाईंको प्रतिक्रिया