प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चालिसेको ५१ हजार सहयोग

 भदौ १२, २०८३

तुलसीपुर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि तुलसीपुरका प्रतिष्ठित व्यवसायी रामप्रसाद चालिसेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।

बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले चालिसेले उक्त रकम कोषमा जम्मा गर्नुभएको हो। विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको भन्दै उहाँले आफ्नो तर्फबाट सहयोग गर्नुभएको बताइएको छ।

चालिसे रेडियो प्रकृतिका वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ। उहाँले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउन सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न आग्रह गर्नुभएको छ।

विपद्को यस कठिन घडीमा पीडितको राहतका लागि विभिन्न व्यक्ति, व्यवसायी, संघसंस्था तथा सामाजिक अभियन्ताहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्दै आएका छन्।

तपाईंको प्रतिक्रिया