भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

 फागुन २०, २०८१

अष्ट्रेलियालाई हराउँदै भारत आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । मंगलबार दुबईमा भएको सेमिफाइनल खेलमा भारतले अष्ट्रेलियालाई ४ विकेटले हराएको हो ।

पहिले ब्याटीङ गरेको अष्ट्रेलियाले भारतलाई २६५ रनको लक्ष्य दिएको थियो । ४८.१ओभरमा ६ विकेट गुमाएर भारतले लक्ष्य पुरा गरेको हो ।

कोहलीले रनचेजमा तीन ठूला साझेदारी गरे। उनले श्रेयस ऐयरसँग ९१, अक्षर पटेलसँग ४४ र केएल राहुलसँग ४७ रनको साझेदारी गर्दै लक्ष्य पछ्याउन सहज बनाए। खेलको अन्त्यतिर हार्दिक पाण्ड्याले आक्रामक २८ रन प्रहार गर्दै भारतलाई जित दिलाए।

भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पाँचौ पटक पुगेको हो।  अव फाइनल  प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्डबिच बुधबार अर्काे खेल हुनेछ।

तपाईंको प्रतिक्रिया