सगरमाथाकाे अभिभावक शिक्षा कार्यक्रम: “बालबालिकालाई निगरानीमा राखाैं”

तुलसीपुर । तुल्सीपुर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले आज अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । तुल्सीपुर ९ दोघरेमा रहेको मेट्रो होटेलमा कार्यक्रम सम्पन्न भएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख प्रशिक्षक प्रतीक्षा गौतम रहनु भएको थियो । बालबालिकाको पहिलो पाठशाला घर र पहिलो गुरु अभिभावक भएका कारणले गर्दा अभिभावक चनाखो हुनु पर्ने कुरामा जोड दिनु भयो ।
बालबालिकाहरूलाई कुनै पनि नियममा राख्दाखेरि त्यो आफूबाटै लागू गर्नुपर्ने भनाइ राख्नु भएको थियो। अभिभावकहरूले भनेको बच्चाहरूले नमान्ने, नटेर्ने, अटेरी गर्ने गुनासाहरु विद्यालयमा आइरहँदा खेरी अभिभावक शिक्षा आजको आवश्यकता भएको महसुस गरी यस्तो खालको कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रिन्सिपल छवि कुमार वलीले बताउनुभयो । अभिभावकले आज सिकेका कुराहरू व्यवहारमा लागू गर्न सके मात्र छोराछोरीको भबिष्य सोचेको जस्तो हुने कुरामा विश्वस्त रहेको पनि बताउनु भएको थियोे । कतिपय कुराहरू सही हो भनेर गर्दागर्दै गलत गरिराखेका रहेछौं आजको अभिभावक शिक्षा कार्यक्रमले हाम्रो आँखा खोलिदिएको छ। हामी हर्षित छौं अभिभावक सीताचन्द डांगीले बताउनु भयो ।
सो कार्यक्रममा विद्यार्थीहरूले आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने विद्यालयका भाइस प्रिन्सिपल केशर बुढाथोकीले बुवाआमा शीर्षकको मन छुने कविता वाचन गर्नुभएको थियो।
विद्यालयका एकाडेमिक हेड तिलक डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गर्नु भएको थियोे । सो अभिभावक शिक्षा कार्यक्रममा करिब ३०० अभिभावकको सहभागिता रहेको जनाइएको छ ।
तपाईंको प्रतिक्रिया