पूर्व शिक्षक सुर्य पौडेलको कविता संग्रह ‘अनुभवको संगालो’ विमोचन

तुलसीपुर । कविता संग्रह अनुभवको संगालोको विमोचन गरिएको छ । तुलसीपुर निवासी कवि सूर्यप्रसाद पौडेलले कविता संग्रह प्रकाशनमा ल्याएका थिए । पूर्व शिक्षक तथा साहित्यकार पौडेलले जीवन भोगाइमा आधारित कवितासंग्रहको शनिबार एक कार्यक्रमका बीच तुलसीपुरमा विमोचन गरिएको हो ।
दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा कविता संग्रह विमोचन कार्यक्रम गरिएको हो। वरिष्ठ साहित्यकार गणेश बिशमले कविता संग्रहको विमोचन गरेका हुन् । यो संग्रह भित्र जीवन भोकाइएका कथाहरू रहेको र विसं २०५० सालदेखि अहिलेसम्मका विभिन्न समयमा लेखिएका कविता समाबेश गरिएको गरिएको कवि पौडेलले बताए ।
प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको अध्यक्षतामा भएको कार्यक्रममा कृति समीक्षक दीपक कुमार आचार्यले कविता संग्रहले यस क्षेत्रको साहित्य क्षेत्रलाई थप मद्दत पुर्याएको बताए। कार्यक्रममा मावि तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कविता संग्रह प्रकाशक धर्मराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संग्रहको विषयमा कवि सूर्यप्रसाद पौडेलले प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका सचिव ले सहजीकरण गरेका थिए ।
तपाईंको प्रतिक्रिया