एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई वडाले जनही २५ हजार दिने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पुरस्कार घोषणा गरेको छ । यस बर्षको एसईई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीलाई प्रति व्यक्ति २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने वडाध्यक्ष मान बहादुर रावतले बताएका छन ।
विद्यार्थीलाई प्रेरित गर्न र उत्कृष्ट नतिजा ल्याउनेहरूलाई सम्मान गर्ने घोषणा गरेको बताउँदै वडाध्यक्ष रावतले भने, “हाम्रो मुख्य उद्देश्य विद्यार्थीलाई अझ बढी मेहनती बनाउन प्रोत्साहित गर्नु हो। वडाभित्रका सामुदायिक विद्यालयबाट विद्यार्थीले ४ जिपिएमा वडा कार्यालयबाट २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ।”
एसईईमा सहभागी हुने विद्यार्थीलाई शुभकामना दिदै वडाध्यक्ष रावतले विद्यार्थीहरूलाई पढाइमा अझै केन्द्रित हुन अनुरोध गरेका छन । वडामा रहेको अमर माविबाट ९३ र मावि नवलपुरबाट १९ जनाले एसईई दिदै छन । भोलि चैत ७ गते एसईई परीक्षा सुरु हुदै छ ।
तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास समेत रहेका रावतले शिक्षामा गरेको लगानी प्रसंशा योग्य रहेको सरोकारवालाले बताउने गरेका छन । यस अघि दलित विपन्न विद्यार्थीलाई नि:शुल्क भर्ना तथा पोशाक वितरण गरेका छन । यतिमात्र होईन सामुदायिक विद्यालयमा १ कक्षामा भर्ना हुनेलाई १ हजार रुपैया दिने घोषणा समेत गरेका छन । जसले गर्दा सामुदायिक विद्यालय सुधार हुने अपेक्षा गरिएको छ ।
वडाध्यक्ष रावतको कार्यकुशलता भव्य तथा ऐतिहासीक रुपमा सम्पन्न भएको भएको राष्टपती रनिङ शिल्डमा समेत देखिएको थियो ।
तपाईंको प्रतिक्रिया