डिभाईन मन्टेश्वरीमा प्रि-स्कुलका विद्यार्थी दिक्षित

 चैत ०८, २०८१

तुलसीपुर । तुलसीपुर ६ स्थित डिभाईन एजुकेसन   फाउन्डेसनद्वारा सञ्चालित डिभाईन मन्टेश्वरीले पूर्व प्राथमिक तह पार गरेका  बिद्यार्थीहरूलाई दिक्षान्त समाराेह गरि सम्मान गरेको छ । डिभाईन  फाउन्डेसनका प्रिन्सिपल भाेजराज न्याैपानेकाे अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानि चाैधरिकाे प्रमुख आतिथ्यतामा  कार्यक्रम    भएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले  साना बालबालिकालाई  गुणस्तरीय शिक्षा दिन सकेमा भबिष्यमा सधै सफलता मिल्ने बताएकी थिइन ।

सस्कारयुक्त शिक्षामा जाेड दिदै बालबालिकाको चाहाना अनुसार रचनात्मक कार्यमा जाेड दिदै आएकाे प्रिन्सिपल न्याैपानेले बताएका थिए ।

कार्यक्रममा बिद्यार्थीले अभिभावकलाई टिका लगाइ सम्मान प्रकट गरेका थिए । त्यस अवसरमा  विभिन्न सास्कृतिक झल्किने नृत्य तथा सांगितिक प्रस्तुती समेत राखिएको थियो । कार्यक्रममा बिद्यार्थी अभिभावककाे  सहभागिता रहेको थियाे ।

डिभाइन मन्टेश्वरीकि प्रिन्सिपल बिन्दु खनालकाे स्वागत मन्त्व्य सुरूवात भएको  कार्यक्रमकाे सहजीकरण शिक्षिका सुजता डांगिले गरेकि थिइन् ।

तपाईंको प्रतिक्रिया