घोराहीमा प्राथमिक स्थायी शिक्षकको पदस्थापना
घोराही । घोराही उपमहानगरपालिकाले प्राथमिक तह स्थायी शिक्षकको पदस्थापना गरेको छ । शिक्षक सेवा आयोग पास गरेर नियूक्ति लिएका प्रावि तहका शिक्षकहरुलाई घोराही उपमहानगरपालिकाले पदस्थापन गरेको हो । विभिन्न विद्यालयमा ९ जना शिक्षकहरुलाई पदस्थापन गरेको हो ।
सामाजिक विकास समितिका संयोजक राममणी पाण्डेको अध्यक्षता एवं प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, सामाजिक विकास शाखा प्रमुख नारायणप्रसाद पौडेल सहित कर्मचारीहरुको उपस्थितीमा नव प्रबेशि शिक्षकहरुलाई विद्यालयहरुमा खटाईएको पत्र प्रदान गरिएको हो ।




तपाईंको प्रतिक्रिया