योगीद्धारा बुवा-आमाको सम्झनामा विद्यालयमा ३ लाखको अक्षयकोष स्थापना

 चैत १९, २०८१

तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिका ११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीमा एक दम्पतीले ३ लाख रुपैयाको अक्षय कोष स्थापना गरेका छन । वडा नम्बर १२ निवासी होताराम योगी र कमला योगीले स्वर्गिय बुवा आमा मान बहादुर योगी र केसरा कुमारी योगीको सम्झनामा अक्षयकोष स्थापना गरेका हुन । प्रत्येक बर्ष एसइई उत्तिर्ण गरी कक्षा ११ मा अध्ययनरत गरीव तथा जेहेन्दार एक जना विद्यार्थीलाई २५ हजार प्रदान गरिने छ ।

बार्षिक रुपमा ३ लाख रुपैयाबाट आउने ब्याज २५ हजार भन्दा कम भएमा अक्षयकोषदाताले थप गरेर वितरण गरिने सम्झौता पत्रमा हस्ताक्षर भएको प्रधानाध्यापक पदम बहादुर वलीले जानकारी दिए । विद्यालयको पुर्व विद्यार्थी समेत रहेका योगीले उच्च शिक्षा अध्ययनमा राहत होस भनि अक्षय कोष स्थापना गरेको बताएका थिए । अक्षयकोषको रकम हस्तान्तरण कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावत,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेत, प्रधानाध्यापक पदम बहादुर वली लगायतको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया