आन्दोलनमा सहभागिताको लागी विद्यालय कर्मचारी परीषद्को अपिल

 चैत २३, २०८१

काठमाडौँ । नेपाल शिक्षक महासंघले काठमाडौँमा गरेको आन्दोलनमा सहभागी हुन सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई पनि अपिल गरिएको छ । नेपाल विद्यालय कर्मचारी परीषद्ले प्रेस विज्ञप्ति जारी गर्दै गत माघ २० गतेदेखि जारी आन्दोलनलाई थप सशक्त बनाउन कर्मचारीलाई आन्दोलनमा सरिक हुन अपिल गरेको हो ।

अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तीनाथ योगीले विज्ञप्ति जारी गरी चैत २५ गतेदेखि आम शैक्षिक हडतालको घोषणा गरिएकोमा विद्यालय बन्द गरी सडक आन्दोलनमा अनिवार्य सहभागिताको लागि निर्देशन दिइएको छ । निर्णायक आन्दोलनमा ‘कामाण्डौं जाऔं’ भन्ने अभियानमा जोडिन सबैलाई आग्रह गरिएको गरिएको छ ।

तपाईंको प्रतिक्रिया