सरकार र आन्दोलनरत शिक्षकबीच आज हुने भनिएको वार्ता भएन

 बैशाख १२, २०८२

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज हुने भनिएको वार्ता अन्तिम समयमा आएको स्थगित भएको छ। सरकारले वार्ताका लागि औपचारिक आह्वान गरेपछि शिक्षकहरू वार्तामा बस्न तयार हुदै त्यस तर्फ प्रस्थान गरेका थिए ।

शुक्रबार नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघलाई पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए । सरकारको आह्वानपछि वार्ता गर्न महासंघ मन्त्रालयतर्फ गएको थियो । तर विषेश कारणबश मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा अध्यक्ष लक्ष्मि किशोर सुवेदीले जानकारी दिए । साथै महासंघले सामाजिक सञ्जालमा आएको २५ जनाको बार्ता टोली आफुहरुले नबनाएको प्रष्ट पारेको छ ।

तपाईंको प्रतिक्रिया