विद्यार्थीको चौतर्फी विकासका लागी सगरमाथा स्कुलद्वारा अभिमुखीकरण
तुलसीपुर । तुल्सीपुर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले विहिवार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका प्रिन्सिपल छवि कुमार वलीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यता तथा ईप्रका तुलसीपुरका प्रहरी नायब निरीक्षक भरतनाथ योगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मनबहादुर खड्काले विद्यार्थीहरूको चौतर्फी विकासका लागि उनीहरूमा दरिलो आत्मविश्वास हुनुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले यस्तो खालको कार्यक्रमले विद्यार्थीको आनीबानीमा परिवर्तन आउनुको साथै जीवनशैलीमा पनि परिवर्तन हुने बताउनुभएको थियो ।
प्रशिक्षक भरतनाथ योगीले विद्यार्थीहरुलाई लागु पदार्थ दुर्व्यसनी, बालविवाह , सवारी दुर्घटना न्यूनीकरण, साइबर क्राइम लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
तुलसीपुरको मट्का होटलमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गर्नु भएको थियो ।




तपाईंको प्रतिक्रिया