तुलसीपुर – ११ मा दलित वालवालिकाले पाए विद्यालय पोशाक

 जेठ १३, २०८२

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले दलित वालवालिकालाई पोशाक वितरण गरेको छ । वडाले बार्षिक कार्यक्रम अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोशाक वितरण गरेको हो । आज पहिलो चरणमा माध्यमिक विद्यालय नवलपुरमा अध्ययनरत १६ जना र आवि कँटाहामा अध्ययनरत २० जनालाई पोशाक वितरण गरेको हो । निशुल्क रुपमा पोशाक पाउदा विद्यार्थी तथा अभिभावक खुसी भएका थिए ।

दलित वालवालिकालाई विद्यालय भर्ना भई पढाई नियमित बनाउन पोशाक तयार पारि वितरण गरिएको वडाध्यक्ष मान बहादुर रावतले बताए । कतिपय दलित वालवालिकाहरु पोशाक नलगाएर विद्यालय जाने र पढाई नै छाड्नुपर्ने बाध्यताको अन्त्यका लागि यो कार्यक्रम गरिएको उनले बताए । यसबाट वडामा सामुदायिक विद्यालयमा पढ्ने १ सय ५० बढि वालवालिकाले पोशाक पाउने वडाध्यक्ष रावतको भनाई छ । कक्षा १ का सबै विद्यार्थीलाई छात्रबृत्तिको ब्यवस्था समेत गरिएको हुदा शिक्षा सुधारमा सबैको सहकार्य हुन आवस्यक रहेको बताएका थिए ।

आवि कँटाहाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमराज वलीको अध्यक्षतमा भएको कार्यक्रममा वडासदस्यहरु यज्ञ बहादुर बस्नेत,प्रभा परियार, विद्यालयका सस्य महेन्द्र कुमार सेन लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका प्रधानाध्यापक टंक भण्डारीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया