जित सुनारले ल्याए नँया गित लोभी नजर.. (भिडियो सहित)

 जेठ ३१, २०८२

तुलसीपुर । लोकगायक जित सुनारको नँया गित लोभी नजरको भिडियो सार्वजनिक भएको छ । जित राज ईन्टरटेन्मेण्ट मार्फत गित बजारमा आएको हो । जित सुनारकै संगित र राजेश सुनारको शब्द रहेको उक्त गितमा उनलाई जमुना विश्वकर्माले साथ दिएकि छिन । गितमा एक अर्काको रुपमा बयान गर्दै तारीफ गरेका छन । यो गितको भिडियोमा अभिषेक मल्ल र शरिष्मा वलीलाई देख्न सकिन्छ । यो गितको छाँयाकन मोतीपुर भाईरल पुल लगायतका क्षेत्रमा गरिएको छ ।

आफ्नो सांगितिक यात्रालाई अघि बढाउने क्रममा सुनारले लोक लयमा नाच्ने खालको गित बजारमा ल्याएका हुन । यस अघि उनले विभिन्न गितमा संगित दिएका छन भने शव्द पनि लेखेका छन । उनले पुर्णकला विसि संग नाच मेरी मायालु छम्म,छम्म…. भन्ने तिजको गित ल्याएका थिए । दाङ तुलसीपुर उपमहानगरपालीका ११ बेलटाकुरा निवासी सुनारले आफ्ना प्रस्तुतीलाई हेरेर ,सुनेर प्रतिक्रिया दिन अनुरोध समेत गरेका छन ।

तपाईंको प्रतिक्रिया