एसईईमा दाङबाट २६ विद्यार्थीले ४ जीपीए ल्याए,सबैभन्दा बढी तुलसीपुरबाट

 असार १४, २०८२

तुलसीपुर । एसईई २०८१ अन्र्तगत दाङ बाट २६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन । संस्थागत तर्फ २४ जना र सामुदायिक तर्फ २ जनाले ४ जिपिए ल्याएको शिक्षा विकास तथा समन्वय ईकाई दाङले जनाएको छ । जस अनुसार सामुदायिक तर्फ आदर्श मावि देउखुरीबाट एक जना,गुरुजजुर नमुना माविबाट एक जनाले ४ जिपिए ल्याएका छन ।

संस्थागत तर्फ १३ वटा विद्यालयबाट चौबीस जनाले ४ जिपिए ल्याएका हुन । ती मध्ये तुलसीपुर उपमहानगरपालिकामा १४ जनाले ४ जिपिए ल्याएका छन । समन्वय ईकाइको तथ्यांक अनुसार ज्ञानज्योती माविबाट ५ जना,गोरखा माविबाट ३,बालसहारा माविबाट ३,घोराहीको जनज्योती विद्या मन्दीरबाट ३ जनाले ४ जिपिए ल्याएका छन ।

 

तपाईंको प्रतिक्रिया