विकासको पथमा अघि बढ्दै तुलसीपुर -११ नम्बर वडा
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मालेडाँडाका सुरविर वलीलाई कंटाहा गाउ ओहोरदोहोर गर्न निकै समस्या थियो । बाटो र खोलामा पुल नहुदा बर्षातको समयमा अझ सास्ती हुने गर्दथ्यो । तर अव भने सहज हुने भएको छ । त्यहा गणेशबस्नेतको घर नेरको दुधीसोता खोलामा वडा कार्यालयले यस बर्ष १० लाख बजेट विनीयोजन गरि कल्भर्ट र सडक मर्मतको काम सम्पन्न भए सगैं स्थानियलाई सहज भएको छ । अव दुई गाउ आवत जावत गर्न नागरीकलाई सहज हुने भएको छ ।
यहि वडाको नवलपुरको सडक कालो पत्रे हुदा स्थानिय खुसीले दंग छन । सडक कालोपत्रे भएसगैं किसानले उत्पादन गरेको तरकारी बजार सम्म लैजान अझ सहज भएको स्थानिय शिवचन्द्र गौतमले बताए । त्यहाबाट दामोदर सडक जोडिने प्रीगाउ सम्म सडक कालोपत्रे हुन भएको छ । विभिन्न स्थानमा सडक छिन्न भिन्न भएकोमा हाल सडक कालोपत्रे हुदा सहज भएको नवलपुर टोलका अध्यक्ष टिकाराम उपाध्यायले बताए । निरन्तरको प्रयासबाट हाल सडकको काम पुरा भएको उनले बताए ।
यस्तै, माध्यमिक विद्यालय नवलपुरमा ११ कक्षाको सञ्चालन गर्ने तयारी थालेकोमा कक्षाकोठाको अभाव थियो । हाल तुलसीपुर उपमहानगरबाट ६० लाख बजेट विनियोजन भई भवन निर्माण भए सगैं यस बषबाट कक्षा ११ को पढाई सुरु गरेकोे विद्यालयका प्रधानाध्यापक योगराज खत्रीले बताए ।
उता सुकौरामा सडकमा नाला निर्माण हुदा स्थानियलाई सहज भएको छ । बर्षायामको समयमा सडक हिलाम्मे भई बाटोमा पानी जम्दा हिडडुल गर्न समस्या हुदै आएको थियो । त्यहाका स्थानियले वडा सरकार समक्ष सडक सुधारको माग गरेपछि वडाले ३० लाख बजेट विनियोजन गरेको थियो । अहिले नाला निर्माणको सम्पन्न भए सगैं सहज भएको स्थानिय सरीता चौधरीको भनाई छ ।
यस्तै बेलटाकुरा कृष्ण मन्दीर टोलको सडक कालो पत्रे भएको छ । रिङरोड अन्र्तगत कालोपत्रे नभएको स्थानमा नागरीकले हैरानी खेप्दै आएका थिए । अब भने सहज भएको स्थानिय बताउछन । बेलटाकुरामा कृष्णमन्दीर निर्माणको लागि जनसहभागिताबाट निर्माण कार्य सम्पन्न भई उद्घाटन समेत भएको छ । यी त वडामा यस बर्ष भएका केहि उदाहरणिय विकासका कामहरु हुन । वडामा श्रीमणी पार्कलाई पर्यटयिक क्षेत्रका रुपमा विकास समेत हुन थालेको छ ।
वडाका नागरीकको आवस्यकताको आधारमा वडा,उपमहानगर तथा संघ प्रदेशबाट बजेटको व्यवस्थापन गरि विकास गर्ने गरेको वडाध्यक्ष्ँ मान बहादुर रावतले बताएका छन । हेर्दा देखिने र छाम्दा भेटिने गरि वडाको विकासमा लागेको हुदा प्रभावकारी बनाउन जनताको चासो अपरीहार्य हुने समेत उनले बताए ।




तपाईंको प्रतिक्रिया