तुलसीपुर – ११ वडाको एक बर्ष: पुर्वाधार विकासमा फड्को
तुलसीपुर । लुम्बिनी प्रदेशको तुलसीपुर उपमहानगरपालिकामा जम्मा १९ वटा वडाहरु रहेका छन । ती मध्येको एक हो वडा नम्बर एघार । तुलसीपुर बजार देखि दक्षिण तर्फ तुलसीपुर अमिलिया सडक अन्र्तगत उरहरी बजार देखि झण्डै १ किलोमिटरको दुरीमा वडा कार्यालय छ । यो वडाले शिक्षा,श्वास्थ्य, कृषि, सडक तथा भौतीक पुर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताएको छ । हालै मात्रै उरहरी बजार क्षेत्रमा रहेको श्रीमणी प्रतिक्षालय मर्मत गरि चिटिक्क पारेको छ । जिर्ण रहेको प्रतिक्षालय प्लाष्टर गरि ब्लक लगाई रंगरोगन कार्य गरि सुन्दर पारिएको छ । त्यहा प्रतिक्षालयमा बस्नका लागि सहज भएको छ । यस अघि पानी जमेर फोहर रहदा बस्न असहज हुने गरेको थियो । वडाध्यक्ष मान बहादुर रावतले प्रतिक्षालय निर्माणमा चासो देखाएसगैं हाल सहज भएको छ ।

यस वडाले सडक, भवन, कृषि, पर्यटन, लगायतका क्षेत्रमा विकासले गति लिएको छ । सामुदायिक विद्यालय सुधारको लागि विद्यालयमा भौतीक पुर्वाधार विकास तथा प्रोत्साहनमा थुप्रै कामहरु भएका छन । अमर विद्यालयमा २ कोठे भवनमा तला थपका लागि वडाको पहलमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयबाट ७ लाख बजेट विनीयोजन भई ढलान मात्र बाकि रहेको छ । अब यस बर्ष थप बजेट ब्यवस्थापन गरि निर्माण कार्य सम्पन्न गरिने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेत बताउनुहुन्छ । त्यहा लागत सहभागिता अन्र्तगत उपमहानगर र विद्यालयको गरी जम्मा १० लाख बजेट बाट ब्लक निर्माण तथा शौचालय मर्मत कार्य सम्पन्न भएको छ । उता मावि नवलपुरमा कक्षा ११ सन्चालनको लागि प्रक्रिय अघि बढेको थियो । तर कक्षा कोठाको अभाव थियो । तुलसीपुर उपमहानगरबाट बजेट विनियोजन भएर भवन निर्माण भएसगै यस बर्ष देखि त्यहा कक्षा ११ को पठन पाठन समेत सुरु भएको विद्यालयका पुर्व अध्यक्ष सोमिलाल चौधरीले बताउनुभयो ।

शिक्षा सुधारका लागि दलित बालबालिकालाई निशुल्क रुपमा पोशाक समेत वितण गरेको छ । वडा भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १ सय ४० बढि बालबालिकाले पोशाक पाउदा खुसी भएका छन । यति मात्र हैन कक्षा १ मा भर्ना हुने हरेक बालबालिकाले रु १ हजार छात्रबृत्ति दिने ब्यवस्था समेत गरेको छ । शिक्षा सुधार सगैं श्वास्थ्य सेवा समेत प्रभावकारी बनाउन थालिएको छ । सुत्केरीलाई भाले उपहार कार्यक्रमले सुत्केरी हुने महिलाहरु श्वास्थ्य संस्था सम्म पुग्ने गरेका छन । यसका साथै महिला स्वंयमसेवीको भुमिका लाई अझ प्रभाकारी बनाउन सुविधान प्रदान गरिएको छ । शिक्षा श्वास्थ्य सगै कृषि तथा सिचाईको लागि समेत प्रभावकारी रुपमा काम थालिएको छ । वडाको मिलिजुली टोल जसपुरमा ट्युवबेल मोटर पाइप र बेलटाकुरा पिपलेडाँडामा किसानको लागि पम्पसेट मोटर र पाइप वितरण गरिएको छ । यसले किसानको मुहारमा खुसी ल्याएको छ ।

वडाले सबैभन्दा बढि पुर्वाधार विकासमा बजेट खर्च गरेको छ । उत्तर सुकौरा दक्षिण सुकौरामा गत बर्ष ग्राभेल गरिएकोमा यस बर्ष पक्की नाला निर्माण भएको छ । त्यहा भ्याट बाहेक १९ लाख ४५ हजारमा नाला निर्माण भएको स्थानिय देव बहादुर चौधरीको भनाई छ । बर्षायाममा हिलाम्मे सडकले समस्या झेल्दै आएका स्थानियलाई नाला निर्माणले सहजता भएको स्थानिय लालमोती चौधरीको भनाई छ ।

बेलटाकुरा कृष्णमन्दीर टोलको सडक कालो पत्रेको पर्खाईमा थियो । रिगँ रोड अन्र्तगत कृष्णमन्दीर टोलमा बर्षायाम र हिउदमा हैरानी खेपेको स्थानियलाई अव सहज भएको स्थानिय रमा चन्द बताउनुहुन्छ । बेलगनारी शुक्रेश्वरी र शान्ती टोलको विचमा पर्ने सडकमा आवत जावत गर्न समस्या थियो । हाल वडाले दश लाख बजेट विनियोजन पश्चात कल्भर्ट निर्माण गरि सडकको मर्मत हुदा सहज भएको गणेश कुमार पुनको भनाई छ । त्यहा बर्षौदेखिको समस्या समाधान हुन सकेको थिएन । हाल निर्वाचित जनप्रतिनिधिले २०७९ को निर्वाचनको बेला गरेको प्रतिबद्धता पुरा गरेका छन ।
उता मालेडाडा कटाँहाको आवतजावत कठिन थियो । बर्षायामको समयमा त झनै समस्या थियो । त्यहा दुधिसोतामा १० लाख बजेटबाट कल्भर्ट निर्माण भए सगैं दुई गाउ जोडीन सहज भएको स्थानिय नर बहादुर खत्रीले बताउनुभयो । घोराडबरामा नाला तथा ग्राभेल , सुकौरा कुलोमा स्ल्याव निर्माण, मालेडाडाको शान्ती टोल त्रिबेणी टोलमा ग्राभेल भएसगैं बर्षातको समयमा आवत जावत गर्ने किसान लगायतलाई सहज भएको छ । यस्तै वडाले आवस्यकताको पहिचान गरि थुप्रै ठाउमा ह्युमपाईप समेत वितरण गरेको छ । जसले गर्दा पानीको सहज निकाश भई जमिन तथा सडक कटानको समस्या अन्त्य भएको मालेडाडा शिवटोल निवासी हरीकला डागीको भनाई छ ।

बेलटाकुरा कृष्ण मन्दीर जिर्ण अवस्थामा थियो । पुरानो जस्तापाताले छाएको त्यहो मन्दीर भग्नावशेषका रुपमा परिणत हुन थालेको थियो । यद्यपी वडाको पहलमा उपमहानगरको लागत सहभागितामा १२ लाख बजेट विनियोजन भई हाल मन्दीर चिटिक्क परेको छ । हाल पुजापाठ सगैं सौन्दर्यता छदा सबैमा खसी छाएको दिपा चन्द बताउनुहुन्छ । उरहरीको डबरा नमुना टोलमा सडक भासिने खतरा बढ्दै गएको थियो । जसले गर्दा बासीन्दालाई त्रास हुन थालेको थियो । त्यहा वडाले लुम्बिनी प्रदेश सरकार बन तथा वाताबरण मन्त्रालय अन्र्तगतको ५ लाख ५३ हजार बजेटबाट विपत जोखिम न्यनिकरणका लागि भरेगँवा सोता तटबन्धको काम सम्पन्न भएको ज्ञानी राना बताउनुहुन्छ । उरहरी ठुलोगाउमा बर्षायामको समयमा सडक हिलाम्म्मे भएर आवत जावतमा समस्या थियो । खेती गर्ने किसान बढि समस्यामा थिए । तर अव भने सहज भएको छ । त्यहा गा्रभेल सगैं सडक सुधार हुदा सहज भएको बताउनुहुन्छ उरहरी ठुलोगाउ टोलका सचिव सत्यराम चौधरी ।

उता बेलगनार मिलनटोलमा साघुरो सडकलाई बर्षेनि बर्षातले कटान गर्दै आएको थियो । विरामी बोक्न एम्मुलेन्स समेत जान अवस्था थिएन । यस बर्ष लुम्बिनि प्रदेश सरकार भौतीक पुर्वाधार विकास कार्यालयको बजेटबाट सडकको स्तरोन्नती भएपछि स्थानिय हिरामोती चौधरी जस्तै धेरैलाई सहज भएको छ । नवलपुर प्रिगाउको सडक कालोपत्रे भएसगैं आवत जावत गर्न सहज भएको छ । त्यहा उपमहानगरको भ्याट बाहेक ३८ लाख ९ हजार बजेट बाट सडक कालोपत्रे भएको छ । अव यो सडक हिलोबाट मुक्त भएकोछ भने छोटो समयमा नै तुलसीपुर बजार सम्म पुग्न सकिने जेष्ठनागरीक सेर बहादुर वली बताउनुहुन्छ ।
नवलपुरको घोडाडवरा हुदै बेलगनार सुकौरा जाने सडकमा पक्की नाला सहित सडकको मर्मत गरिएको छ । जसका लागि प्रदेश सरकारबाट ११ लाख ८६ हजार बजेट विनियोजन भएको थियो । निर्माण कार्य सम्पन्न भएसगैै बर्षौ अघि देखि त्यहाका नागरीकले झेल्दै आएको समस्याबाट मुक्त भएका छन । उता जसपुर गैरामा हस्नापुर गाँँउ जोड्न बनाईएको पुल जोखिममा थियो । हरेक बर्षको बर्षातमा जमिन कटान हुदै पुल खतरामा पर्न थालेको थियो । यद्यपी वडा कार्यालयले समस्याको समाधान गर्न प्रदेश सरकारबाट बजेट विनियोजन गरि बाध निर्माण गरेको छ । अव भने जमिन कटान नहुनेमा ढुक्क रहेको स्थानिय खड्ग बहादुर विश्वकर्माको भनाई छ ।

वडाले पुर्वाधार विकास सगैं सबै क्षेत्रलाई समेटेर अघि बढेको देखिन्छ । राष्टका लागि खेलकुद श्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई आत्मसात गर्दै प्रत्येक बर्ष वडाध्यक्ष कप फुटवल तथा क्रिकेट प्रतियोगिता समेत सञ्चालन गर्दै आएको छ । यस बर्ष वडाले उपमहानगरस्तरीय रनिगँ शिल्ड प्रतियोगिता ऐतीहासिक रुपमा सम्पन्न गरेको छ । अमर मावि उरहरीमा सहभागीलाई खाना र आवासको व्यवस्थापन गरि अहिले सम्मकै उत्कृष्ट भएको सरोकारवाला बताउछन । यसका साथै वडा भित्र हरेक मृत्यु संस्कारमा घीउ लिएर जाने कार्यक्तम सञ्चालनमा रहेको छ अपांगता भएको ब्यक्तिलाई आयआर्जनको लागि बाख्रा वितरण, महिला तथा दलित शशक्तिकरण र जेष्ठ नागरीक सम्मान कार्यक्रम समेत हुने गरेको छ । यसका साथै वडाका नागरीकलाई श्वस्थ बनाउन विभिन्न स्थानमा योगा तथा विहानी हिडाई कार्यक्रम सञ्चालन गरेकोे छ ।

पर्यटकिय क्षेत्रको विकासले स्थानीय उत्पादनको खपत, र रोजगारी सिर्जना गर्ने गर्दछ । यसका साथै स्थानीय संस्कृति, परम्परा र सम्पदालाई समेत संरक्षण गर्न वडाले प्रोत्साहन गर्दै आएको छ । वडाको सुकौराकोट दरवार क्षेत्रलाई पर्यटकिय गन्तव्य बनाउने प्रयास जारी छ । त्यहा यस बर्ष विभिन्न निकायबाट बजेट विनियोजन भएको छ । यसका साथै हस्नापुर स्थित श्रीमणी स्मृती पार्कलाई समेत विकास गर्न थालिएको छ । त्यहा हाल पर्खाल,गेट,पुष्प बाटिका निर्माण, पोखरी,शौचालय, व्यायम गर्न सामग्री राखीएको छ। यस पार्क पर्यटयिक क्षेत्रका रुपमा विकास हुन सके स्थानियलाई आय अर्जनमा जोडिन भुमिका खेल्ने खानेपानी संस्थाका कार्यवाहक अध्यक्ष समेत रहेका स्थानिय टेकानन्द देवकोटा बताउनुहुन्छ ।

यसरी वडाबासीको चाहाना पुरा गर्न वडा सरकार लागि परेको छ । सिमित बजेटबाट सबै क्षेत्रलाई समेटेर वडाको विकासमा चासोका साथ वडाध्यक्ष अध्यक्ष मान बहादुर रावत सगैं वडा सदस्यहरु यज्ञ बहादुर बस्नेत,तिलकराम थारु, प्रभा परियार र कमला चौधरी निरन्तर रुपमा लागेका छन । वडाले सेवाग्राहीको लागि शिघ्र रुपमा सेवा दिने गरेको छ । वडामा आउने जो कोहिलाई पनि विना झन्झट जती सक्दो चाडो सेवा दिने गरिएको वडा सचिव पदम कुमार भण्डारीको भनाई छ । वडामा हेल्प डेस्क स्थापनाले सेवाग्राहीलाई सहज भएको उहाको भनाई छ ।
२०७९ मा भएको निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिबाट थुप्रै कामहरु भएा छन । हाल यो वडा अन्य वडाको तुलनामा विकासमा अग्रसर भएको वडाको रुपमा समेत चिनिन्छ । हाल शिक्षा,श्वास्थ्य,पुर्वाधार विकास देखि कृषिलाई ध्यानमा राखी काम गर्दै आएको वडाध्यक्ष रावतको भनाई छ । गत बर्ष कर्मचारी स्थानिय राजनितिक दल र वडा बासीको सहयोगबाट सोचेअनुरुप कामहरु भएकोमा उहाले धन्यवाद ब्यक्त गर्नुभयो । साथै यस बर्ष पनि वडामा गौरवका योजना देखि लिएर सुकौराकोट दरवारको विकासमा समेत थप बजेट विनियोजन भएको हुदा विकासमा हातेमालो गरि अघि बढेन वडाबासीमा अनुरोध गर्नुभएको छ ।




तपाईंको प्रतिक्रिया