मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेकी छन् । मन्त्रिपरिषद्मा रहेका तीन मन्त्री र मुख्यसचिवलाई राखेर उनले सम्भावित मन्त्रीबारे छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले यसअघि तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी थिईन् ।
‘प्रधानमन्त्री, मन्त्री र मुख्यसचिव बीच बालुवाटारमा बैठक भयो । मन्त्रीहरुको लागि उपयुक्त पात्रका बारेमा छलफल भएको छ । भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको छ,’– बालुवाटार स्रोतले भन्यो ।


तपाईंको प्रतिक्रिया