प्रेस चौतारी दाङको बैठक: कोषाध्यक्ष बने बस्नेत
दाङ । प्रेस चौतारी दाङको बैठक आज घोराहीमा सम्पन्न भएको छ । बैठकले रिक्त रहेको कोषाध्यक्ष पदमा कार्यसमिति सदस्य महेश बस्नेतलाई मनोनित गर्ने निर्णय गरेको छ । यस अघि कोषाध्यक्ष चन्द्र नेपाली बैदेशिक रोजगारको शिलशिलामा बाहिर जादा रिक्त भएको थियो । जिल्ला अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा बैठक बसेको थियो । त्यसैगरी बैठकले जिल्ला सदस्यमा कमल वलीलाई चयन गरिएको छ ।
बैठकले जेनजि आन्दोलनका क्रममा ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।उपाध्यक्ष बिमल योगीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजिकरण सचिव निमु संगम घर्तीले गरेका थिए ।




तपाईंको प्रतिक्रिया