तकियापुर खानेपानीद्वारा दशैं शुभकामना तथा सम्मान कार्यक्रम
एसबि ओली तुलसीपुर । तकियापुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आयोजनामा वडा दशैं, दिपावली र छठ पर्वको अवसरमा सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
समितिका अध्यक्ष तिलक केसीको अध्यक्षता र तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष भीम योगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान कार्यसमिति तथा सल्लाहकारहरुलाई बिदाई गर्दै नवनिर्वाचित सल्लाहकारहरुलाई स्वागत गरिएको थियो।
कार्यक्रममा वडा नं. २ का वडा सदस्य मोहन डाँगी, नेपाली काँग्रेस वडा नं. २ का सभापति भीम ओली, नेकपा एमालेका वडा नं. २ का निवर्तमान अध्यक्ष टिकाराम कँडेल, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरु लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि र समुदायका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो।
नव–निवाचित सल्लाहकारहरु भीम बहादुर ओली, शालिकराम सुनार र देवीलाल खड्कालाई समितिमा स्वागत गरिएको र निवर्तमान कार्यसमितिलाई सम्मानपूर्वक बिदाई गरिएको थियो।




तपाईंको प्रतिक्रिया