फोर्स गाडी दुर्घटना हुदा तीन जनाको मृत्यु
सल्यान । रुकुम पश्चिमबाट दाङतर्फ आउँदै गरेको फोर्स गाडी आज बिहानै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहान कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिक भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका ५ निवासी ६७ बर्षीय पबि केसी, सोही ठाउँका २७ बर्षीय प्रकाश केसी र ३० बर्षीय शसिधर केसी रहेका छन ।
तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । रुकुम पश्चिमको बाफिकोटबाट दाङ घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको यात्रुबाहक फोर्स गाडी दुर्घटना हुदा गाडी करिब ३ सय मिटर तल खसेको छ । घाइतेको उद्धार गरी राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ




तपाईंको प्रतिक्रिया