एमाले दाङको सचिवालय वैठक: पार्टीको काममा लाग्न आह्वान
दाङ । नेकपा एमाले दाङको जिल्ला सचिवालय वैठक पार्टि कार्यालय घोराहिमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता एंव पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा वैठक बसेको हो । बैठकले कार्तिक २० गते दाङका सबै पालिका कमिटिहरुको वैठक बस्ने निर्णय गरेको छ ।
यस्तै, कार्तिक २२ गते दाङका सबै वडाहरुमा वडा भेला गर्ने, २५ गते दाङका सबै पालिकाहरुका पालिका सभा गर्ने , २७ गते तुलसीपुरमा हुने युवाको लुम्विनि प्रदेश सभालाई आबस्यक समन्वय , सहयोग र सहभागीता जनाउने निर्णय गरेको सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए । त्यसैगरी बैठकले घोराहि र तुलसीपुरमा रहेका पार्टि कार्यालय पुनर्निमाणका लागी जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला पदाधिकारी, क्षेत्रिय संयोजकहरु र आर्थिक विभाग प्रमुख सहितको समिति समेत गठन गरेको छ ।
त्यसैगरी मंसिर ४ गते २ नम्बर , ५ गते १ नम्बर र ६ गते ३ नम्बरमा क्षेत्रीय समन्वय कमिटिको वैठक गर्ने र मंसिर १३ गते दाङका ३ वटै क्षेत्रमा निर्वाचन क्षेत्रीय समन्वय कमिटिको भेला गरि विधि सम्मत महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको प्रचार विभाग प्रमुख बस्यालले जानकारी दिएका छन । साथै पार्टि काममा नलागेकालाई काममा फर्कन र नेकपा एमाले छोडेर अन्य पार्टिमा गएकाहरुलाई मुल घरमा फर्कन आह्वान गरेको छ ।
उपाध्यक्ष मनोहरु बुढाथोकिको स्वागत मन्तब्य बाट सुरु भएको वैठकमा केन्द्रिय सदस्यहरु भागवत विश्वासी, कोमल वली, जिवन गौतम, सिता सिग्देल नयौपाने, साजिदा सिद्धिकि लगायतले आ आफ्नो धारणा राखेका थिए । वैठकको सहजिकरण सचिव श्याम डागीले गरेका थिए ।




तपाईंको प्रतिक्रिया