एमालेलाई जिताउने अभियानमा जुट्यो बखरीयाको ‘गाँउले परीवार’
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयास्थित एउटा दलित बस्ती छ । जो बस्ती गाँउले परीवारबाट परीचित छ । उनिहरु नेकपा (एमाले) का पुराना सक्रिय कार्यकर्ताका रुपमा चिनिन्छन । तर केहि समय अघि नेपाली कांग्रेसले विविध आश्वासन दिई नेपाली कांग्रेसमा प्रवेश गराएको थियो । अन्तत उक्त बस्ती पुनः नेकपा एमालेमा नै फर्किएको छ ।
उनिहरु पार्टीको विचार, नीति तथा विगतमा एमालेबाट प्राप्त सहयोग र विकास गतिविधिको मूल्यांकन गर्दै पुनः एमालेमै फर्किएको बताएका छन् । उनीहरूले भ्रम र प्रलोभनमा परेर गरिएको निर्णय सच्याउँदै सही राजनीतिक धार रोजेको उल्लेख गरेका छन्।
एमालेका स्थानीय नेता तथा युवा नेता मोहन पौडेलले उनिहरुको सहि निर्णयको स्वागत गर्दै आगामी दिनमा दलित समुदायको उत्थान, रोजगारी, शिक्षा तथा पूर्वाधार विकासमा प्राथमिकता दिने बताएका छन्। उनीहरूले पार्टीप्रति देखाएको विश्वासले संगठन अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।



तपाईंको प्रतिक्रिया