चितवन–२ बाट रवि लामिछाने तेस्रोपटक विजयी

 ३ घण्टा अगाडि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन्। लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन्।

यस्तै नेकपा (एमाले)का अस्मिन घिमिरेले ६ हजार ९९२ मत तथा नेपाल कम्युनिष्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९६९ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा ८७ हजार २८ मत सदर भएका छन् भने २ हजार ७९६ मत बदर भएका छन्।

लामिछानेले यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचन र २०८० को उपनिर्वाचनमा पनि यही क्षेत्रबाट विजय हासिल गरेका थिए। यसपटकको जितसँगै उनी चितवन–२ बाट लगातार तेस्रोपटक निर्वाचित भएका हुन्।

तपाईंको प्रतिक्रिया