विद्यार्थीको क्षमता विकास गर्न मधपुरमा वक्तृत्वकला प्रतियोगिता
दाङ । “उद्यमशीलता र पारदर्शिता: सहकारीकाे प्राथमिकता” भन्ने मुल नाराका साथ ६९ औं राष्ट्रिय सहकारी दिवस-२०८२ काे अवसरमा ‘राष्ट्रकाे आर्थिक विकासमा सहकारीको भुमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता श्री मा.वि मधपुरमा सम्पन्न भएको छ ।
नेपालको पहिलो सहकारी संस्था बखान ऋण सहकारी संस्था हो। चितवनको शारदानगरमा बखानसिंह गुरुङको पहलमा वि.सं. २०१३ चैत २० गते स्थापना भएको थियो।
यसलाई देशको पहिलो सहकारी मानिन्छ र यसै दिनको स्मरणमा चैत २० गते नेपालमा राष्ट्रिय सहकारी दिवस मनाइन्छ। साेहि दिनकाे अवसरमा यस हाम्रो राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयाेजना र श्री मा.वि.मधपुरकाे व्यवस्थापनमा वक्तृत्वकला प्रतियोगिता आयाेजना गरिएको थियोे ।
उक्त प्रतियोगितामा ११ जना सहभागी विद्यार्थीहरु मध्यमा प्रथम रुपा रावत, द्वितीय सुस्मिता विष्ट, तृतीय किसन परियार र सान्त्वना प्रमिसा वि.क हुनुभएको छ ।
हाम्राे राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समितिकाे सदस्य यशाेदा शर्माकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा सहकारीकाे प्रबन्धक चक्र मिलन वि.क, विद्यालयकाे प्र.अ.बिमला कडेलले बाेल्नुभएकाे थियोे भने कार्यक्रमकाे सहजीकरण कक्षा १० मा अध्ययनरत दिपक केसीले गरेका थिए ।




तपाईंको प्रतिक्रिया