विद्यालय व्यवस्थापन समिति गठन तथा पुनर्गठन गर्न परिपत्र

 ७ घण्टा अगाडि

तुलसीपुर । दाङको घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई विद्यालय व्यवस्थापन समितिको गठन तथा पुनर्गठन गर्न परिपत्र जारी गरेको छ। सामाजिक विकास महाशाखामार्फत जारी गरिएको परिपत्रमा “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८२” बमोजिम शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १२ उपदफा १ (ग) झिकिएको उल्लेख गर्दै सोही व्यवस्था अनुसार विद्यालय व्यवस्थापन समितिको गठन तथा पुनर्गठन गर्न परीपत्र गरेको हो ।

उपमहानगरपालिकाले सम्पूर्ण सामुदायिक विद्यालयलाई नियमअनुसार प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। उपदफा १ को (ग) मा निर्वाचित सदस्यबाट दुई जना सदस्य मनोनित गर्ने ब्यवस्था रहेको थियो ।

तपाईंको प्रतिक्रिया